मनु
आफ्नै घर छोडेर मनु परदेशी भयो
प्रियाको दिल तोडेर मनु परदेशी भयो ।
विछोडका कुराले रुन्थिन प्रिय रातमा
नसुनी मुटु मोडेर मनु परदेशी भयो ।
उदास उदास लाग्छ संसारै विरानो
मिलनको पुल फोडेर मनु परदेशी भयो ।
संगैबाच्ने संगैमर्ने बाचा कसम थियो
आफ्नै कसम तोडेर मनु परदेशी भयो ।
ईच्छा र रहरहरु कहिलै भएनन पुरा
पिरैमा नाता जोडेर मनु परदेशी भयो ।
मनसुन
Advertisement
Leave a Comment