म आएँ
तिमीसंग मनका कुरा गर्न भनेर आएँ
लाजवाव तस्विर तिम्रो हर्न भनेर आएँ
प्रभातमा छरेर खुसी तिमीसंग भेटमा
पछ्याउदै काख तिम्रो पर्न भनेर आएँ
लुटेर लग्यौ मन जिवन रंगको बनायौ
सप्तरंङ्गी फुलमा वास्ना छर्न भनेर आएँ
पर्खाइमा मैलेपनी कैयौ रात बिताएँछु
धेरैपछी तिमीले बेशी झर्न भनैर आएँ
सुखचैन दिन्छु भनी आश मात्र देखायौ
तिमीसंगै जिउन संगै मर्न भनेर आएँ
मनसुन
Advertisement
Leave a Comment