पिरती
सजाउदै आँखाको नानीमा पिरती
रुदैछन हस्दैछन बानीमा पिरती l
हिरा र मोती सुन जस्तो महंगो
बस्यौकी प्रेमकी रानीमा पिरती l
झर्केर बोल्यौं न भोक न तिर्खा
चस्किदैछ छाती हानीमा पिरती l
झन छड्के जुध्यो नजरले अनी
वचनले खसायो पानीमा पिरती l
पलभरको विछोड छ सहि नसक्नु
खोज्दैछ मनसुन खानीमा पिरती l
मनसुन
Advertisement
Leave a Comment