विराट यो संसार
विराट यो संसार अवमेरो आँखंैमा नाच्यो
जुनमा विलाए तारा नाम लाखैमा नाच्यो ।
उदाएर सुर्यको मोतीले विहानी फैलायो
मन्दमन्द मुस्कान सवैको काखैमा नाच्यो ।
स्वर्गनगरी यो मेरो हृदयको वासस्थानमा
मनयो उडेर अव हरियाली पाखैमा नाच्यो ।
सुन्दर वगैचा बन्यो मेरो शान्त जन्मभुमी
फुलेर लालीगुँरास जगको चाखैमा नाच्यो ।
नाँचेंआफै गितगाए डाँफेमुनाल वनपाखा
सुनौलो विहान अव मनको भाकैमा नाच्यो ।
मिती २०६७ । ८ । ७ गते
Advertisement
Leave a Comment