Skip to content

तिम्रो कल्पनामा |

09/11/2009

तिम्रो कल्पनामा एक एक प्याला पिउदै रोएँ
नशामै मरें नशा नशामा जीवन जिउदै रोएँ

तिमीले चिरेको मुटु फेरी दुख्यो अनि रोएँ
सहन नसकी नशा पिएँ चोटहरु सिउदै रोएँ

बिछोडको बेदनामा प्रियेसीको यादमा रोएँ
बन्यो पोखरी आँसुको त्येसैमा खिउदै रोएँ

आज एकान्त मा तिम्रो तस्बीर हेरेर रोएँ
के दिन रात झरी वर्षा अनि हिउदै रोएँ

तिम्रो कल्पनामा एक एक प्याला पिउदै रोएँ
नशामै मरें नशा नशामा जीवन जिउदै रोएँ

मनसुन

3 Comments
  1. ANJU DAHAL permalink

    साह्रै नै राम्रो लाग्यो । चोटिला शब्दहरुको सम्योजन रैछ । अन्तर्मन्का भाव हरु टपक्क टिप्नसक्ने मनोजजिको साहित्यिक यात्रा सफल होस्…..

  2. Nuwakhar khanal permalink

    मनोज जी हजुरको गजल साह्रै दर्दनिये लाग्यो .. सफलताको लागि सुभकामना छ

    नुवाखर खनाल जापान

Leave a comment