विराट यो संसार अवमेरो आँखंैमा नाच्यो
जुनमा विलाए तारा नाम लाखैमा नाच्यो ।
उदाएर सुर्यको मोतीले विहानी फैलायो
मन्दमन्द मुस्कान सवैको काखैमा नाच्यो ।
स्वर्गनगरी यो मेरो हृदयको वासस्थानमा
मनयो उडेर अव हरियाली पाखैमा नाच्यो ।
सुन्दर वगैचा बन्यो मेरो शान्त जन्मभुमी
फुलेर लालीगुँरास जगको चाखैमा नाच्यो ।
नाँचेंआफै गितगाए डाँफेमुनाल वनपाखा
सुनौलो विहान अव मनको भाकैमा नाच्यो ।
मिती २०६७ । ८ । ७ गते
मेरोजिवन काँडा छ फुलैफुल सारिदिनु
हरियाली वगैचाभर ढकमक्क पारिदिनु ।
क्षितीजपारी जुनसंग बिरहमा भन्छु म
सपनीमा जितहुन्छ यर्थाथ छ हारिदिनु ।
मिलनको आशालिदै डहरसम्म आउनेछु
मेराकुनै भुलहरु भए तगारोमा बारिदिनु ।
कहिलेकहीं आँधीबेरी उर्लिएर आईदंदा
भत्किगयो पुलभने हातसमाई तारिदिनु ।
तिमीछोडी अन्तमायाँ लगाउदिन पि्रय
स्विकारे म तिम्रोहुन्छु नत्रमनु मारिदिनु ।
६ मंसिर २०६७ कुवैत
मनसुनी वर्षा
आजफेरी नशा रातमा लागेको छ
वैंश उर्लिएर मातमा लागेको छ ।
सर्माउदै दुवैछन लाजले भुतुक्क
त्यो छाती मेरो हातमा लागेको छ ।
सासमा उनले ईशारा गर्दैछिन
हृदयमा यौवना खातमा लागेको छ ।
पलभर उनी पग्लिएर रसाईन
झरेर रस मेरो लातमा लागेको छ ।
अब दियालो बल्दा बल्दै निभ्यो
उत्तेजना बात बातमा लागेको छ ।
मनसुनी वर्षा अनीभो सुस्तरी
शितका थोपा पातमा लागेको छ ।
२०६७ मंसिर ६ गते
कुवैत
आजफेरी नशा रातमा लागेको छ
वैंश उर्लिएर मातमा लागेको छ ।
सर्माउदै दुवैछन लाजले भुतुक्क
त्यो छाती मेरो हातमा लागेको छ ।
सासमा उनले ईशारा गर्दैछिन
हृदयमा यौवना खातमा लागेको छ ।
पलभर उनी पग्लिएर रसाईन
झरेर रस मेरो लातमा लागेको छ ।
अब दियालो बल्दा बल्दै निभ्यो
उत्तेजना बात बातमा लागेको छ ।
मनसुनी वर्षा अनीभो सुस्तरी
शितका थोपा पातमा लागेको छ ।
२०६७ मंसिर ६ गते
कुवैत
सजाउदै आँखाको नानीमा पिरती
रुदैछन हस्दैछन बानीमा पिरती l
हिरा र मोती सुन जस्तो महंगो
बस्यौकी प्रेमकी रानीमा पिरती l
झर्केर बोल्यौं न भोक न तिर्खा
चस्किदैछ छाती हानीमा पिरती l
झन छड्के जुध्यो नजरले अनी
वचनले खसायो पानीमा पिरती l
पलभरको विछोड छ सहि नसक्नु
खोज्दैछ मनसुन खानीमा पिरती l
मनसुन
गजल
डरत्रासले आफ्नोमुटु आफुले नै पोलेको छु
तिमीसंग सयौंसत्य एउटा झुट बोलेको छु ।
आजभाली गर्दागदै तिमी मेरो खुसी बन्यौं
विरहका गाँथा अब तिम्रै सामु खोलेको छु ।
पहिले म एक्लो हुदा नशामेरो साथी थियो
हिजोआज नशाभन्दै थोरै पानी घोलेको छु ।
तिम्रा मनका वहहरु सुन्दा मैले रुनु पर् यो
मेरोपनी दुखेको मन तिमीसंग मोलेको छु ।
जिवनको सेरोफेरो छैनन् भन्थें कोही मेरो
आजमैले संगितलाई मनसुनमा तोलेको छु ।
मनसुन
पिएर नाना मातहरु रुने गछौ रे तिमी
गरेंछु भनेर घातहरु रुने गछौ रे तिमी ।
थाहा पायौ जिवन बांच्न दुख छ भन्थें
संझेर मेरा बातहरु रुने गछौ रे तिमी ।
एकान्तमा मायाँ गाँस्नु मेरो दोष थियो
साथ छुटायौ हातहरु रुने गछौ रे तिमी ।
तिम्रो यादमा दिनहु चिट्ठी कोरीरहन्थें
पढेर प्रेमका खातहरु रुने गछौ रे तिमी ।
स्वर्ग जस्तो पलपल आनन्द मनसुनमा
कल्पेर मिठा रातहरु रुने गछौ रे तिमी ।
मनसुन
तिमीसंग मनका कुरा गर्न भनेर आएँ
लाजवाव तस्विर तिम्रो हर्न भनेर आएँ
प्रभातमा छरेर खुसी तिमीसंग भेटमा
पछ्याउदै काख तिम्रो पर्न भनेर आएँ
लुटेर लग्यौ मन जिवन रंगको बनायौ
सप्तरंङ्गी फुलमा वास्ना छर्न भनेर आएँ
पर्खाइमा मैलेपनी कैयौ रात बिताएँछु
धेरैपछी तिमीले बेशी झर्न भनैर आएँ
सुखचैन दिन्छु भनी आश मात्र देखायौ
तिमीसंगै जिउन संगै मर्न भनेर आएँ
मनसुन
आफ्नै घर छोडेर मनु परदेशी भयो
प्रियाको दिल तोडेर मनु परदेशी भयो ।
विछोडका कुराले रुन्थिन प्रिय रातमा
नसुनी मुटु मोडेर मनु परदेशी भयो ।
उदास उदास लाग्छ संसारै विरानो
मिलनको पुल फोडेर मनु परदेशी भयो ।
संगैबाच्ने संगैमर्ने बाचा कसम थियो
आफ्नै कसम तोडेर मनु परदेशी भयो ।
ईच्छा र रहरहरु कहिलै भएनन पुरा
पिरैमा नाता जोडेर मनु परदेशी भयो ।
मनसुन
तिमीसंग बिताएका रातहरुको कसम
तनैभरी कुदाएका हातहरुको कसम ।
तिमलाई छोडी अन्तमायाँ लाएको छैन
बनपाखा सुसेलेका पातहरुको कसम ।
सधैतिम्रो संझनामा हराउन मन लाग्छ
पिरतीका लोभलाग्दा बातहरुको कसम ।
समयको नियतीले छुट्टिएको जस्तो भयो
विछोडमा दुख भुल्ने मातहरुको कसम ।
अटुट मायाँ मुटुभरी संगालेर परदेशमा
लेखिएका प्रेमपत्रका खातहरुको कसम ।
गिलासमा रमको प्याला
मनैभरी गमको प्याला
नपिउदा हुदैनन् आफ्ना
भेट हुने जमको प्याला
बोत्तलै श्रृगारले भरेकी
उनी रमझमको प्याला
आलस्य निर्मुल पार्दछिन
खुपी र दमको प्याला
नाच्दछिन बैंड बाजामा
रंग छमछमको प्याला
मनसुन
रोएका परेली धुलायौ सुटुक्क
तरंग तरेली घुलायौ सुटुक्क ॥
बातैमा मस्त पारेर निशीमा
मनमा जुरेली चुलायौ सुटुक्क ॥
वर्षामा खनीयो भेल र पहिरो
बगरमा चमेली फुलायौ सुटुक्क ॥
गलेको शरीर नरुनु भन्दथ्यौ
पलमै सहेली रुलायौ सुटुक्क ॥
नयन जुधायौ पियारो बनायौ
मनुलाई उजेली सुलायौ सुटुक्क ॥
मनसुन
जिवन गजवको काहानी भयो
किरण विनाको बिहानी भयो ।
हर्लक्क बढियो तन्देरी भईयो
प्रियसी नभै के जवानी भयो ।
आफ्नाले छुरा प्रहार गरेर गए
चोटै चोटको यहाँ निशानी भयो ।
दिनहरु अब त नशामै बिताउछु
रातभरिको साथी सिरानी भयो ।
बाच्नलाइ साह्रो सहन गाह्रो भो
बेहाल मेरो यो जिन्दगानी भयो ।
मनसुन
मुखले ठिक्क पारेर पारिन्न
त्यसै गङ्गा तारेर तारिन्न
उनै मायाँ मार्छन र भन्छन
मायाँ त्यसै मारेर मारिन्न
हुन्छ त्यहा पानी मुल परेको
इनार एक्लै खारेर खारिन्न
सपनिको महल मै पनी चुमें
कल्पदा मन बारेर बारिन्न
पिरै नभै के पोख्छौ ब्यथा
आँशु त्यसै झारेर झारिन्न
मनसुन
गुराँस विनाको बन कस्तो कस्तो
छैनन् प्रिय त मन कस्तो कस्तो
साथमा सिरानी राख्छु तिमीभनी
चल्दैन रातमा झन कस्तो कस्तो
निन्दरीमा बस्यौ कि सुन्दरी बनेर
कल्पना एक्लो पन कस्तो कस्तो
परेली भिजायौ आखैमा रुजायौ
काहानी दर्द्रका छन कस्तो कस्तो
उराठ उराठ लाग्छ संसारै विरानो
किन भो मनुको तन कस्तो कस्तो
मनसुन
यो दुनींयाकी तिमी परी हौ
बन पाखामा रम्ने चरी हौ
सुसेलीमा प्यास मेटाउने
यौवनाकी तिमी सुन्दरी हौ
एकछिन पर्खी फेरी वर्षीने
असार श्रावणकी झरी हौ
मिठो स्वादिष्ट परिकारका
व्यान्जन तिमी थरीथरी हौ
मामा पापा भनी सिकाउने
वर्णमाला की बाह्खरी हौ
मनसुन
उनको यादमा आज फेरी पिएँ
ऐनामा आफ्नै चेहेरा हेरी पिएँ
आफु आफै संग रुदै टोलाउदै
पिर व्यथा विरहमा बेरी पिएँ
पिएँ अनी नसामै पागलै सरी म
आफुले आफ्नै निधार केरी पिएँ
नसाको प्याला संग नसा चुमेर
प्यालाभरी मात अतेरी पिएँ
मनसुन
यो अन्धेरी रातमा
तिमी छौ साथमा
मन पनी दंग छ
भेटी खुसी पासमा
छैन निन्दरी अब
बित्यो पल बातमा
अझ करीब बढी
भयो कुरा सासमा
खोल्यो मनका कुरा
मनै भरी त्रासमा
मनसुन
आस्वाशन दिएर रुवायौ तिमीले
ओसिला परेली धुवायौ तिमीले
गरें धर्म भनी पापी मात्र सोच्यौ
छ मनमा कालो कुवायौ तिमीले
छानेर धनवान पैसाको मातमा
प्रेमीलाई धोका खुवायौ तिमीले
बिछोडको बेला म रुदै कराएँ
न थोपा आँशु चुवायौ तिमीले
गरिनौ विश्वास म गर्थें मायाँ
बाचालाई गीता छुवायौ तिमीले
मनसुन
आँसुका धाराहरुले मेरो जिवन खाटो भयो
न बोल्ने न सुन्ने कानो अनी लाटो भयो
बेहोशीमा लड्यो मुटु वेदनाले छाती दुख्यो
छोडी गयौ र्निमोही न सम्हाल्ने बाटो भयो
एक्लै बसी रोईदिन्थें उनकै याद आउथ्यो
एक्लिएर मेरो जिवन अखडाको भाटो भयो
लुकाएर व्यथाहरु वषौ भयो बाँचेको म
विनासुर पाइला न बाटो न घाटो भयो
जोगिएर हिड्छु भन्दा मायाँप्रेम गर्ने संग
चाहाने नै धेरै भए बिनामेसै फाटो भयो
मनसुन
नयाँ उमंग मनमा बोकी आयो नयाँवर्ष
नयाँ सपना तरंग बोकी छायो नयाँवर्ष
फेरी उनकै सुभकामनाका लाम लागे
छल्कीदै पोखियो खुसी गायो नयाँवर्ष
कल्पनामै खुसी भए परदेशमा परदेशी
प्रियाको याद मै नसा लायो नयाँवर्ष
उन्नति प्रगतिका पथमा अगिसरा बनी
जताततै भरि खुसीमात्र पायो नयाँवर्ष
फेरी एक साल बढ्यो जीवनमा तिम्रो
सुकी खुसी सालमै पिंडा खायो नयाँवर्ष
मनसुन
जीवन एक्लै ढलेर जाँदा
अन्यौलमा परी गलेर जाँदा
आफ्नै आँशुभो गह गहमा
ढुक ढुक मुटु चलेर जाँदा
गुनेर ब्यथा रुन्छु निशीमा
बिहानी पलमै छलेर जाँदा
ऊनीएन सुहागरातको माला
फुलभरी काँडा फलेर जाँदा
मरुभूमि को आगोको रापमा
मनसुनको मन बलेर जाँदा
मनसुन
लेख्छन वियोग प्रेम पातमा
धोका मात्र मायाँको जातमा
रुन्छन कहिले हाँस्ने गर्छन
प्रेम मिलनको मिठो बातमा
संसार खोजी पाएँ भन्छन
प्रेम वेदनाको खातै खातामा
छिरलिदै उडे सपना खुसीका
उनी संग सुनसान रातमा
फेरी नयन उनकै तलाशमा
पलभर मनु रम्छ काखमा
मनसुन
न त चिन्न सकें न त जान्न सकें
न त म तिमीलाई साथी मान्न सकें
बाटोमा भेटेंथें बाटोमै हराएछौ तिमी
यी नज़रले तिम्रा नज़र म हान्न सकें
हावाको वेग झैँ पलमै बिलायौ तिमी
न यी हातले तिमी म मा तान्न सकें
धोकेवाज को जमघटमा थियौ तिमी
चाहरें खोजें नत म तिमी छान्न सकें
पिंडा वेदनाको भार अझ बढ्यो म मा
बग्दा आँशुका धारा कहाँ म धान्न सकें
मनसुन
धेरै दिन भो सँगै बोली हिडेको म छैन
घाँस काट्न खोला खोली हिडेको म छैन
प्रेममा पसिएका घाइतेहरूलाई सोध्नु
प्रेमी – प्रेमीको जोली हिडेको म छैन
जन्मदै म गम पिएँ आँशुहरु खसालें
खुसिहरु भरेर झोली हिडेको म छैन
गुनासो पोख्छु आफ्नै भाग्यको अभागी
प्रेम मा आगोले पोली हिडेको म छैन
घमासान युद्ध चर्कन्छ भन्छन प्रेममा
आफु देह ठोकेर गोली हिडेको म छैन
मनसुन
म त तिमीले हरेको प्रेमी
प्रेम-विलापमा मरेको प्रेमी
पागल बनायौ प्रेममा फसायौ
हेलिएर आंधी तरेको प्रेमी
जतिबुनें तानाबाना कमै भो
मायाँको मूल म परेको प्रेमी
प्रेममा जन्में प्रेममा नै हुर्कें
प्रेमकै बिउ याहाँ छरेको प्रेमी
धोकै नै मात्र सहनु हो प्रेम
मायाँको जपना गरेको प्रेमी
मनसुन
आज एक्लै यो मन पनि दंग भो
धेरैसाल पछी भित्र भित्रै उमंग भो
रुजायेथें पाखा पखेरा आँशुहरुले
बेली र चमेलीले रङ्ग विरंग भो
मिलन विछोड अनी फेरी मिलनले
अझ यो मन खुसि ले तरंग भो
थाहा पनि छ विछोड फेरी हुनेछ
हाम्रै कुरा गाउमा बसाएर मंग भो
वर्षीएर असिना पिट्यो पिरतीलाई
अनी पलमै डाँडा पाखा छर्लंग भो
मनसुन
पूर्णिमाको रातमा बोलाएँ उनिलाई
स्वोप्निल नयनमा सजाएँ उनिलाई
हल्का हल्का चुम्बन भयो दुवैमा
अनि अंगालोमा दबाएँ उनिलाई
सासैले बोल्न बिन्ति गरिन उनले
काउकुती छरेर लजाएँ उनिलाई
वस्त्र खुले नाइँ नास्ती भएन कहिँ
आफ्नै छातीमाथि चढाएँ उनिलाई
घमासानको लडाई पलमै सकियो
मन्द मुस्कान छरी पठाएँ उनिलाई
मनसुन
कुवैत बाट प्रकाशित हुनलागेको पहिलो नेपाली पत्रिका मरुभूमिको कोशेलीलाइ सुभकामना !!
दुइ आत्माको प्रित बनोस मरुभूमिको कोशेली
मरुभूमिमा शीत बनोस मरुभूमिको कोशेली
अविरल भरी रहुन साहित्यका पन्ना तिम्रा
परदेशीको गीत बनोस मरुभूमिको कोशेली
छर्न सकोस खुसी यहाँ हाँस्न सकुन रुनेहरू
संकटमा जीत बनोस मरुभूमिको कोशेली
वर्षौदेखि गुम्सिएका पिंडाहरु परदेशीका
मनमुटुको मीत बनोस मरुभूमिको कोशेली
परदेशीका हालहरु बेदनाका छालहरू
पन्छाएर जीत बनोस मरुभूमिको कोशेली
मनसुन
याद तिम्रो पलपल भयो
भित्र भित्रै तलबल भयो
भेटें निंदरिमा तिमी अनी
रातै भरी खलबल भयो
सुस्तरी छोएउ अंग मेरा
अँध्यारोमै झलमल भयो
लामालामा केशरासी तिम्रा
पर्सिए जब हलचल भयो
जुधें अंगअंग आपसमा
चाहनाले दलदल भयो
मनसुन
तिमी पोख्रेली म स्यांगजाली
हाम्रो देश नेपाल हामी नेपाली
हिडौ सदभावना को बाटो बनाई
या दंगाली होस् तिमी झापाली
हाम्रो देश नेपाल हामी नेपाली
लडौं बढौं बिरुद्ध अत्याचार को
नभनी तिमी गुल्मेली पाल्पाली
हाम्रो देश नेपाल हामी नेपाली
कुर्सि को लागी नलड नेता हो
अब उठे रुकुमेली उठे रोल्पाली
हाम्रो देश नेपाल हामी नेपाली
जातीय भेद रिस राग किन हो?
समान हामी गोर्खाली डोल्पाली
हाम्रो देश नेपाल हामी नेपाली
मनसुन
विलौना मैले गर्दिन अब
डसे तिमीले सर्दिन अब
जालबुन्ने पुजारी रहेछौ
भावनामा म मर्दिन अब
नछेक मलाई दोबाटोमा
तिम्रोजालमा पर्दिन अब
व्येर्थमा मेरा सुके नयन
अमोल मोती छर्दिन अब
पैताला म खियाई कहिले
लेकबाट बेंसी झर्दिन अब
मनसुन
अङ्गना देशकी गहना दास हुन नआऊ
खाडीका अजनबीसंग बास हुन नआऊ
अतेरी अगम्य पार्छन अघासुर मानवहरु
अखण्ड स्वभाव तिम्रो नास हुन नआऊ
बन अगीसरा आफ्नै देशमा छ स्वतन्त्र
पिल्सिन्छ यौवना तिम्रो लास हुन नआऊ
लागेर दामको पछी जीवन बर्वाद हुन्छ
आकुल वंशको तिमी गास हुन नआऊ
गहकिला सुकिला फेशनको लोभमापरी
खराब यो मरुभूमिको आस हुन नआऊ
मनसुन
वियोगमा छट्पटायेकी उजेलीको चित्कार सुन
धनको आशमा परदेशी चेलीको चित्कार सुन
हजार यातना सहेर मालिकको उड्नी भएर
पलभरमा लुटिएकी चमेलीको चित्कार सुन
सजाएर सपना एक्ला बाबुआमालाइ छोडेर
जालमा फसिएको सहेलीको चित्कार सुन
कालो अँध्यारोमा डसेर इज्जत लुटिदा
चिच्चाहट गुहार सुरेलीको चित्कार सुन
तिम्रा दिदी बहिनीहरु एकाएक रोइरहेछ्न
रोएको डाँको सरी जुरेलीको चित्कार सुन
वियोगमा छट्पटायेकी उजेलीको चित्कार सुन
धनको आशमा परदेशी चेलीको चित्कार सुन
मनसुन
अजब हुन खोज्दैछ मेरो देश
अताली रुन खोज्दैछ मेरो देश
फैलियो पापै पाप यहाँ निरन्तर
पुण्य धुन खोज्दैछ मेरो देश
जन्मिदै दुस्कर्म को पाठ पढी
अखडा छुन खोज्दैछ मेरो देश
हरेक मान्छे आफ्नै स्वार्थमा
हिरा र सुन खोज्दैछ मेरो देश
पेटकै लागि भाइ भाइ मारी
घरमै खुन खोज्दैछ मेरो देश
मनसुन
आशा जती निरासामा मोडिएर भार भयो
हांसीखुसी बाच्ने रहर तोडिएर भार भयो
साथसाथै रुनेहास्ने खाएनौ र कसमपनी
लत्तायेर गयेउ पर छोडीएर भार भयो
रानीबनको प्रेमपत्र रानीबनमै छोडीएछ
सपनाका टुसा हरु गोडिएर भार भयो
टुटे बरु हल्का हुन्थ्यो पथ्थर रैछौ तिमी
गंतब्येमा ढुंगा मुड़ा जोडिएर भार भयो
कहिँ त पुग्थे म एक्लै एक्लै हिंडेपनी
हिंडे तिम्रो साहाराले लोडिएर भार भयो
मनसुन
आलो घाउ दुखि रहयो सियेपानी सिईदेउ
नसापिउदा भुल्छौ पिडा पियेपनी पिईदेउ
तिम्रा मनका चाहाना दिनानुदिन गुन्ने गर्छु
भुलें भन्दै एक रात खुसी दियेपनी दिईदेउ
तिमीलेनै धोका भन्छौ मुटु छियाछिया पारी
मलाइ मारी एक्लै तिमी जियेपनी जिईदेउ
डर त्रास देखाएर किन नाम कमाउछौ र
शंघर्ष ले हात तिम्रो खियेपनी खिईदेउ
शैशवमै बालेउ आगो उन्नतीको भकारीमा
मलाइ मास्न पान सुपारी लियेपनी लिईदेउ
मनसुन
मायाको परेली तरेर हजुरले
मनैभरी उमंग छरेर हजुरले
टोलाएर हेरे यी मेरा नयेन
बोलाउदा सम्बोधन गरेर हजुरले
फुलको थुंगा पहिलो भेटमा
दिनु भो बेशी झरेर हजुरले
सासैमा कुन्निके भनेझैँ लाग्यो
मलाइ अंगालोमा भरेर हजुरले
आँखामा आँखा जुधाउनुभो अनी
अझ करिव मेरो सरेर हजुरले
मनसुन
साँचेर कती राखु मालाबुन्ने फूल मैले
दाँजेर कती बसु तिम्रो मेरो भुल मैले
खल्तीमा तस्बीर राखी कती मन्दिर धाउँ
पाउँ तिमी भनि कती चढाउँ त्रिशुल मैले
दाँजेर कती बसु तिम्रो मेरो भुल मैले
कती काटुं अब सपनाका तीता रातहरु
बगाउँकती आखाबाट आशुका मूल मैले
दाँजेर कती बसु तिम्रो मेरो भुल मैले
ओइलीजाला कि बिचैमा पो परीजाला
चारैतिर देख्छु मायाका हुलै हुल मैले
दाँजेर कती बसु तिम्रो मेरो भुल मैले
आउन खोज्छु फटकेर जहा तिमी छौ
कती जोडें भत्कियो मिलनको पुल मैले
दाँजेर कती बसु तिम्रो मेरो भुल मैले
साँचेर कती राखु मालाबुन्ने फूल मैले
दाँजेर कती बसु तिम्रो मेरो भुल मैले
मनसुन
रमाएर जीवन भरी माया कसी बाँचिदेउ
सारंगीको धुन सुनी छेउमा बसी नांचिदेउ
खुसीमा नै बित्न पाउन बचेका यी भोलीहरु
चन्द्रमाको मुस्कान संग दिलमा पसी हांसिदेउ
कलेजीमा तिम्रोमाया तुन्न मलाइ रहर लाग्छ
ढकमक्क जोवन मायाजालमा फसी गांसीदेउ
इच्छा हरु आतुरहोलान गहभरी खुसिहोला
मिलनहुदा दुइटा छाती धसी धसी टांसीदेउ
मनसुन
एकान्तमा एक्लै रुने एक्लै हास्ने बानी परयो
झुल्के घामलग्यो पलमा घनाघोर पानी परयो
कर्म घर भो सेरोफेरो परदेशीका बाटाहरु
सफलताको आशैमात्र धेरै मलाइ हानि परयो
सैशबमै जीवन ढल्यो नसा पिए सरी लड्यो
येस्तै हुने थाहा थियो रुनु जानाजानी परयो
फेरी फर्की हेरेउ तिमीले ढकमक्क जोबन मेरो
नहेर भो छाती चिरी दुख्ख को यो खानि परयो
एकान्तमा एक्लै रुने एक्लै हास्ने बानी परयो
झुल्के घामलग्यो पलमा घनाघोर पानी परयो
मनसुन
पहिलो भेटमा तिमीसंग फेरी काहानी भयो
एकै नजर जुध्यो दुबैमा चिनाजानी भयो
दिन त बितेर गयो जब रातमा याद आयो
तिम्रो कल्पनामा सिरानी भाग्येमानी भयो
सपनीमा नै आखेचार भयो अनि उनीसंग
आपसमा पलभर गजबको कुराकानी भयो
निंदरिमै चुमेउ यी मेरा नयेन तिमीले
मदमस्त मन यो लाजले पानीपानी भयो
आनन्दको आभाश भो उमंग भरियो
दुइ मुटु मिल्दा स्वोर्गको जिन्दगानी भयो
मनसुन
याद आयो ………..
डाँडा पाखा पाहाड अनि हिमाल याद आयो
आफ्नै प्यारो जन्मभूमि नेपाल याद आयो
दाउरा घाँस पानी पधेरो संगै गरि हिड्दा
प्रियेसीसंग साटासाट गरेको रुमाल याद आयो
आफ्नै प्यारो जन्मभूमि नेपाल याद आयो
दिनभरि रानीबनमा लुकामारी खेल्दाखेल्दै
काहाली लाग्दो राम्चेलीभिर विशाल याद आयो
आफ्नै प्यारो जन्मभूमि नेपाल याद आयो
विदेशको परिवेशमा रम्न सकेन मेरो मन
आफ्नै भेषभुषा आफ्नै दौरासुरुवाल याद आयो
आफ्नै प्यारो जन्मभूमि नेपाल याद आयो
चिल्ला र महंगा बिदेशी कार जति चढेपनी
देवीस्थानको हु तु तु खेल्ने पर्खाल याद आयो
आफ्नै प्यारो जन्मभूमि नेपाल याद आयो
डाँडा पाखा पाहाड अनि हिमाल याद आयो
आफ्नै प्यारो जन्मभूमि नेपाल याद आयो
मनसुन
म तिम्रो साथ छु जहाँ छौ तिमि
निसीमा याद तिम्रो काहा छौ तिमी
जुनेली रातमा नयेन तिम्रो तलाशमा
किन खोजि गरें येहा वहा छौ तिमी
तिम्रो मायामा तड्पीयेछु पलपल
आभास देउ मलाइ येहा छौ तिमी
उदास छ मन किन छैन स्थिरमा
मेरो छायाँमा लाग्छ त्येहा छौ तिमी
म तिम्रो साथ छु जहाँ तिमि छौ
निसीमा याद तिम्रो काहा तिमी छौ
मनसुन
प्रीतको नशाले रातमा माया बस्यो
अंगालेर छोडेका हातमा माया बस्यो
एकपल सहि खुसि त दियेउ तिमीले
तिम्रा हर बात बातमा माया बस्यो
नभेटेकै जाती बरु सुख दिन्छु भन्नेहरु
भेटेपछि दिएको घातमा माया बस्यो
कति सजिलै भुलेर गईछेउ तिमिभने
भुल्न सकिन तिम्रो मातमा माया बस्यो
प्रीतको नशाले रातमा माया बस्यो
अंगालेर छोडेका हातमा माया बस्यो
मनसुन
भुलेर न गजल झैँ जिवन शेरीयेर बन्यो
अन्यौलमा मेरो भाग्य “केरिएर” बन्यो
भए अशान्तिले मनमा अतिनै सतायो
जन्जालै जंजालमा जीवन “बेरिएर” बन्यो
न निर्मुल भो बेदना रोगहरु मचायो
ब्येथा विरहमा हरपल “घेरिएर” बन्यो
हुदा हुदै ज्ञानको प्रभाब निरन्तर
उनै उजाड मरुभूमिमा “खेरिएर” बन्यो
चुक्ली र निर्मोही संग न कैले बचायो
पल पलमा जिबन मेरो “फेरिएर” बन्यो
मनसुन
सन्त्रासको निसिमा रोएँ चोटै चोट लुकाएर
बिलौना मा बिहानी भो नयनहरु सुकाएर
जीवन यो नसा भयो अँध्यारा छन् गंतब्य
आफ्ना ले भुली गए बाचा बन्धन फुकाएर
बेअर्थको संघर्ष यो उन्मुक्त यी भाग्य रेखा
हजार आए ठगी गए खोक्रो आधार झुकाएर
बल्झिरहे घाउहरु बेदनाका लाम लागे
दैब तेरो सापो नापो जाउँकि बरु चुकाएर
मनसुन
टुक्रिएर फेरी आफै डोरिएका हातहरु
मुटुभरी पिडा सही घोरीएका रातहरु
छताछुल्ल पारिदिउकि जमघटमा रोइदिउ
जीवन भयो पातै पात सोरीएका खातहरु
सहिदिउला निधारमा कोरीएको ब्येथाहरु
नसकेर विरहमा फोरीएका बातहरु
भात्किगए रहरहरु अभिसाप जिन्दगीका
सफलताको खोजी गर्दा जोरीएका घातहरु
मनसुन
रमाएर जीवन भरी माया कसी बाँचिदेउ
सारंगीको धुन सुनी छेउमा बसी नांचिदेउ
खुसीमा नै बित्न पाउन बचेका यी भोलीहरु
चन्द्रमाको मुस्कान संग दिलमा पसी हांसिदेउ
कलेजीमा तिम्रोमाया तुन्न मलाइ रहर लाग्छ
ढकमक्क जोवन मायाजालमा फसी गांसीदेउ
इच्छा हरु आतुरहोलान गहभरी खुसिहोला
मिलनहुदा दुइटा छाती धसी धसी टांसीदेउ
मनसुन
आँसुको पोखरीमा खिउँदै गलेर बाँचेको छु
गम भुलाउन नसा पिउँदै ढलेर बाँचेको छु
जीवन यो यात्रा भन्छन त्यसैले हिंडिरहेछु
आँसुको वर्षा यहाँ हिउँदै छलेर बाँचेको छु
वियोगमा रसाएका नयनहरूलाई सोध
आगोको रापमा जिउँदै बलेर बाँचेको छु
कमजोर भाग्य असफल संघर्ष भो
फलेका चोटहरू सिउँदै चलेर बाँचेको छु
आँसुको पोखरीमा खिउँदै गलेर बाँचेको छु
गम भुलाउन नसा पिउँदै ढलेर बाँचेको छु
मनसुन
जीवनभरि तिम्रो नाम बुन्दा बुन्दै मर्छु बरु
कलकलाउँदो यो जवानी थुन्दा थुन्दै मर्छु बरु
चन्द्रमाको मुस्कान सरी हाँसीहाँसी बोलिदिन्छौ
बाचुन्जेल तिम्रो नाम गुन्दा गुन्दै मर्छु बरु
निदरीमा सताउने कल्पनामा झल्किदिने
सुहागरातको फूलको माला उन्दा उन्दै मर्छु बरु
मिठो मुस्कान दन्ते लहर लजालु ती नयनहरू
कलेजीमा तिम्रो माया तुन्दा तुन्दै मर्छु बरु
एकान्तमा तिम्रै सामु पोखाएर चाहाना यी
किन लाग्छ तिम्रो बोली सुन्दा सुन्दै मर्छु बरु
मनसुन
मेरो जीवन फुलाउन मिठो सपना बुन्थ्यौ होला
तिम्रा मनका बहहरू मैसँग त धुन्थ्यौ होला
न त केही पाई गयौ न त केही लिई गयौ
जिउँदो भए मेरा स्वामी मैसँग त रुन्थ्यौ होला
नाम लिई बोलाउने मनको चाह मन नै रह्यो
कर्म रैछ सिसा जस्तो फुटेको त सुन्थ्यौ होला
खरानीमा देह मिल्यो भाँचीगए सपना पनि
जीवित भए मेरो ब्याथा तिम्रो मनले गुन्थ्यौ होला
न त मसाल छुन पाएँ न त पानी मुखमा हाल्न
दागबत्ती दिन पाइन पवित्र त हुन्थ्यौ होला
मनसुन
कल्पनामै विलाई गए छालहरू जिन्दगीका
मुटु चिरी हासीरहे हालहरु जिन्दगीका
सिर्जनाका फूलहरु नफुलेरै ओइली गए
अन्येउलमै बिते चौबिस सालहरु जिन्दगीका
रोपियो झिरमा अनि आगोको रापमा बल्यो
दिउसै अन्धकार भए जालहरु जिन्दगीका
हर मोडमा गाली पाएकै छु फेरिपनि
बिना अर्थ कति खाएँ गालहरु जिन्दगीका
सुनौलो सपना कल्पना मा बितिरहेछ
यता हिंडे उता पुग्छन चालहरु जिन्दगीका
मनसुन
हिजो राती सपनीमा झल्किएर आइन उनी
मिलनको कल्पनामा पल्किएर आइन उनी
रैछ मनमा रातैभरी अंग अंग छुने मेरा
यौवनाको रंग आफै भल्किएर आइन उनी
नसकेर सहन त्यो तातो हावा मुटुभरी
चाहानाको आगो मनमा सल्किएर आइन उनी
सताएर निन्दरीमै अंगालोमा कस्न नपाइ
सुनसानमा एक्लो छाती बल्किएर आइन उनी
इशाराले आँखा जुधाई तल्लो ओठ टोकी टोकी
सुनै सुनको गहनामा टल्किएर आइन उनी
मनसुन
पापी हुदारहेछन निर्दोष मुटु पोल्ने मान्छे
लुकाएर सत्येता झुटो कथा बोल्ने मान्छे
तिमीमेरो सपनाको राजकुमार एउटालाई
सुम्पिएर अर्कोसंग मन मुटु खोल्ने मान्छे
खाइखाइ पेटभरी बाचा कसम झुटा झुटा
जानी जानी पाप धर्म सरोबरी मोल्ने मान्छे
हजार माया फेरीफेरी सयौ संग चुप्पा चुप्पी
गरिबको निश्चल माया तराजुमा तोलने मान्छे
पापी हुदारहेछन निर्दोष मुटु पोल्ने मान्छे
लुकाएर सत्येता झुटो कथा बोल्ने मान्छे
मनसुन
लामालामा केशरासी सर्सिएर लुक्नखोज्दा
गाजलु ति नयेन तिम्रो तर्सिएर लुक्नखोज्दा
सरसर हावा बहिरहयो दुपटाले दाउ हेर्यो
छरपस्ट अंग छोड्यो घर्सिएर लुक्नखोज्दा
गर्जदा त्रास बढ्यो मेघ राग कि रागिनी
उनि र म सिमसीमपानि बर्सिएर लुक्नखोज्दा
हेरीरहुँ लाग्न थाल्यो चुमिदिउ लाग्न थाल्यो
लजालु ति अंग अंग पर्सिएर लुक्नखोज्दा
लामा लामा केशरासी सरसिएर लुक्नखोज्दा
गाजलु ति नयेन तिम्रो तर्सिएर लुक्नखोज्दा
मनसुन
तिम्रो ओठ्लेपनि मायाको गीत गायो
तिमिमेरो म तिम्रो येही आवाज सुनायो
तिम्रो नाम भए जीवनका हर खुसिहरु
तिम्रो तगारोमा पुगें बल्लमन मुस्कुरायो
भन्थेउ तिमि त बोल्दैमा माया बस्छ
तिम्रा आखाले एकान्तमा मलाइ बोलायो
कुरा त सोध दिल को म भनिदिउला
सिमसिम बर्षाले मनसुनको मन बहलायो
तिम्रो ओठ्लेपनि मायाको गीत गायो
तिमिमेरो म तिम्रो येही आवाज सुनायो
मनसुन
म तिम्रो साथ छु जहाँ छौ तिमि
निसीमा याद तिम्रो काहा छौ तिमी
जुनेली रातमा नयेन तिम्रो तलाशमा
किन खोजि गरें येहा वहा छौ तिमी
तिम्रो मायामा तड्पीयेछु पलपल
आभास देउ मलाइ येहा छौ तिमी
उदास छ मन किन छैन स्थिरमा
मेरो छायाँमा लाग्छ त्येहा छौ तिमी
म तिम्रो साथ छु जहाँ तिमि छौ
निसीमा याद तिम्रो काहा तिमी छौ
मनसुन
सकियो झारेर आँसु अब रूदा पासको छ
चोटमा दुखेको मन बन्चराले तासेको छ
उसलाई मायाको हाँसो हास्नपनी सिकाएँ
आज उ दिनरात अर्कैको खुसी हासेको छ
उसलाई प्रीतिको फुल गास्नपनी सिकाएँ
आज उ अर्कैलाई फूलमाला गासेको छ
उसलाई दुखामा छातीपनी थाम्न सिकाएँ
आज उ अर्कै संगको छातीमा टासेको छ
जस्ले बाचुन्जेल हसाउने कसमपनि खायो
उसैले आजमेरा अनामोल मोती नासेको छ
मनसुन
तिम्रो कल्पनामा एक एक प्याला पिउदै रोएँ
नशामै मरें नशा नशामा जीवन जिउदै रोएँ
तिमीले चिरेको मुटु फेरी दुख्यो अनि रोएँ
सहन नसकी नशा पिएँ चोटहरु सिउदै रोएँ
बिछोडको बेदनामा प्रियेसीको यादमा रोएँ
बन्यो पोखरी आँसुको त्येसैमा खिउदै रोएँ
आज एकान्त मा तिम्रो तस्बीर हेरेर रोएँ
के दिन रात झरी वर्षा अनि हिउदै रोएँ
तिम्रो कल्पनामा एक एक प्याला पिउदै रोएँ
नशामै मरें नशा नशामा जीवन जिउदै रोएँ
मनसुन