विलौना मैले गर्दिन अब |
विलौना मैले गर्दिन अब
डसे तिमीले सर्दिन अब
जालबुन्ने पुजारी रहेछौ
भावनामा म मर्दिन अब
नछेक मलाई दोबाटोमा
तिम्रोजालमा पर्दिन अब
व्येर्थमा मेरा सुके नयन
अमोल मोती छर्दिन अब
पैताला म खियाई कहिले
लेकबाट बेंसी झर्दिन अब
मनसुन
मनसुन भाई,
गजल अति नै मार्मिक अनि ओजिलो गैरहेको छ। साच्ची नै भन्ने हो भने यो निक्कै पाको रुपमा खारिएर आएको छ। कलमको चुच्चोलाई सगरमाथाको चुच्चो सम्म छुवाउने प्रयत्न जारी रहोस। मेरो यही छ शुभकामना।
रेशम गुरुङ “स्पन्दन”
दुबइ, UAE.
good job man keep it up …
मनोज भाई,
साच्ची नै गजल तिम्रो सारो खारिएर गएको छ। असाध्य पाको पन आएको छ। लेख्ने कलमलाई बिस्राम नदिनु, यसले एकदिन सगरमाथाको चुचुरो संगै कलमको चुचुरो मापन हुनेछ। ताकी त्यहाँ मनसुनको कलम पनि छ भनेर सारा संसारलाई अवगत हुनेछ।
R. गुरुंग “स्पन्दन”
दुबइ
nikai raamro gajal manoj ji,
aaj bhanda ek DeDha barsh pahile paDhekaa manoj kaa gajal haru ra aaja kaa gajal haru herne ho bhane manoj le euta saahityako thulo Danda paara gareko dekhinchha ….
pragatiko subhakaamanaa…